रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु
किएभ । युक्रेनको पूर्वी शहर सुमीमा सोभियत कालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न शहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ ।
रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गरेयता दैनिकजसो दर्जनौँ ड्रोन वा क्षेप्यास्त्रले युक्रेनी भूगोलमा गाउँ र सहरमा रहेका वस्तीका साथै महत्वपूर्ण भौतिक संरचनालाई लक्षित गर्दै आएको छ ।
आपतकालीन सेवाहरूले वितरण गरेको तस्बिरमा भवनको छेउमा एउटा प्वाल परेको र उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजी गर्दै भवनको भग्नावशेष खनेको देखाइएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘यो एक भयानक त्रासदी र भयानक रूसी अपराध हो।’
उनले अगाडि भनेका छन्, ‘विश्वले यस आतङ्कको विरूद्धमा रूसलाई दबाब दिन नरोकोस् । यो अति आवश्यक छ ।’ युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले सुमीमा चार जनाको मृत्यु हुनुका साथै एक बालकसहित नौ जना घाइते भएको बताएका छन् ।
यो शहर रूसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रूसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।
युक्रेनी वायु सेनाका अनुसार मस्कोले ८१ वटा ड्रोनले आक्रमण गरेको र इरानी ड्रोनजस्तै नमूनाको शाहेद पनि रहेको थियो । उनीहरुको एयर डिफेन्स एकाईले सुमी र राजधानी किएभ नजिकैका विभिन्न क्षेत्रमा रहेका ३७ वटा ड्रोन खसालेको थियो ।
‘ब्ल्याक सी’मा रहेको ओडेसाको दक्षिणी क्षेत्रमा रुसी ड्रोनले युक्रेनको महत्वपूर्ण निर्यात केन्द्रमध्ये एक इजमेल बन्दरगाह शहरलाई निशाना बनाएको अधिकारीहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण