प्रेस मिटमै रोइन् दिव्या

काठमाडौँ । नव अभिनेत्री दिव्या रायमाझी प्रेस मिटमै रोएकी छन् । अदालतको मुद्दाको कारण बुधबार रोकिएको फिल्म ‘एक्टर : टेक वान’ले शुक्रबार रिलिज हुन लागेको जानकारी दिन आयोजित कार्यक्रममा उनी रोएकी हुन् ।
कार्यक्रममा निराश र भावुक देखिएकी उनले अदालतबाट फिल्मको रिलिज रोक्न आदेश आउँदा निकै दुःखी भएको बताइन् ।
‘फिल्मको रिलिज नै रोकिएपछि ‘म कहाँ आएँ’ भन्ने भएको थियो । मैले त कतिधेरै सपना र अपेक्षा बोकेर आएको थिएँ,’ उनी भक्कानिइन्, ‘रिलिजको एक दिनअघि फिल्म नै रिलिज नहुने भन्ने सुनेँपछि एकदमै दुःख लागेको थियो ।’ त्यसपछि उनी बोल्न सकिनन् ।
कार्यक्रममा उनलाई यस्ता घटनाले तपाईंजस्तो नवप्रवेशीलाई कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले भनिन्, ‘यस्तो घटना कसैले पनि भोग्नु नपरोस् । फिल्म क्षेत्रमा छिर्दा नै यस्तो ‘इन्सिडेन्ट’ हुँदा म त के भनुँ र के गरुँ भन्ने अवस्थामा पुगेको थियो । लामो समयपछि मेरो सपना पूरा हुँदैछ भनेर म एकदमै खुसी थिएँ । जब फिल्मको रिलिज रोकियो भन्ने खबर सुनेँ, म स्तब्ध भएँ ।’ उनले अहिले फिल्म रिलिज हुने कुराले अलि ‘रिलिफ’ महसुस गरेको बताएकी छन् ।
कार्यक्रममा फिल्मका मुख्य अभिनेता प्रदीप खड्काले भने घुमाउरो रूपमा अदालतले विवेक प्रयोग नगरेको टिप्पणी गरे । ‘सरकारी निकायबाट स्वीकृति लिएर अनि सेन्सर पास भइसकेपछि पनि रिलिजको संघारमा आएर फिल्म रोकिन सक्छ भन्देखि यसले के उदाहरण पेस गर्छ,’ उनले भने । फिल्मको सेन्सर भइसकेपछि रिलिज हुन पाउनुपर्ने प्रदीपको धारणा छ ।
फिल्मका निर्देशक राजन भुसालले अदालतबाट प्रदर्शन रोक्न आदेश आएपछि अब फिल्म नै नबनाउने मनस्थितिमा पुगेको बताए । ‘२/३ दिनदेखि जुन किसिमको ‘मेन्टल प्रेसर’ थियो, त्यसले गर्दा म यो क्षेत्र नै छाडिदिन्छु भन्ने अवस्थामा पुगेको थिएँ’, उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’
-
जनआक्रोशलाई समयै व्यवस्थापन गर्न नसके अर्को अतिवादी शक्ति सत्तामा पुग्न सक्ने खतरा देखिन्छ : बाबुराम भट्टराई
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’