अमेरिकी विमान दुर्घटना : खतरनाक अवस्थाका कारण गोताखोरहरूले रोके काम
वासिङ्टन डीसी । बुधबार राति अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान हावामै ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको थियो । यस दुर्घटनामा विमानमा सवार ६४ जना यात्रु र क्रु मेम्बरको मृत्यु भएको छ । ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको थियो ।
नदीमा मानिसहरूको शव फेला पार्न खोजी अभियान सुरु गरिएको थियो । तर अब खतरनाक अवस्थाका कारण डाइभिङ टोलीले यो अपरेशन रोकेको खबर आएको छ । यो जानकारी बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले दिएको हो । आफूहरूले सुरक्षित रूपमा पुग्न सक्ने सबै ठाउँहरू खोजेको गोताखोरहरूले बताएका छन् ।
गोताखोरहरूले विमान दुर्घटनामा मारिएकाहरूको शव खोज्न सकुन् भनेर अमेरिकी तटरक्षक दल नदीबाट विमानको भग्नावशेष हटाउन मद्दत गर्न तयार छ । नदीमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि, गोताखोरहरूले आफ्नो काम पुनः सुरु गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण