अफगानिस्तानका चर्चित क्रिकेटर शपुर जदरानको सन्न्यास
काठमाडौँ । अफगानिस्तानका चर्चित क्रिकेट खेलाडी शपुर जदरानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनी आफ्नो समयका प्रभावशाली तिब्रगतिका बायाँहाते बलर थिए । उनले अफगानिस्तानका लागि करिब १० वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता खेले ।
अफगानिस्तानलाई थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ३७ वर्षीय शपुर जदरानले अफगानिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
उनले ४४ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ४३ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २४ रन दिएर चार विकेट हो । उनले ३६ टी–२० अन्तर्राष्ट्रियमा कुल ३७ विकेट लिएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४० रन खर्चिएर तीन विकेट हो ।
उनले सन् २००९ को अगस्त ३० तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय भने सन् २०१९ को मार्च १० तारिखमा आयरल्यान्डविरुद्ध खेलेका थिए ।
यसैगरी, उनले सन् २०१० को फेब्रुअरी १ तारिखमा आयरल्यान्डविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय पनि सन् २०२० को मार्च ८ तारिखमा आयरल्यान्डविरुद्ध नै खेलेका थिए ।
शपुर जदरानले सामाजिक सञ्जाल फेसबुकमार्फतसन्न्यासको घोषणा गरेका हुन् । उनले आफ्नो सक्रिय खेलजीवनमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण