सरकारले निरंकुश शासनको झल्को दियो : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले ६ महिनामा देखाउने कुनै काम गर्न नसकेपछि अध्यादेशको सहरा लिएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा दलीय धारणा राख्दै पाण्डेले ल्याउने ट्रेनले पार्टीभित्रका सांसदलाई बाध्य पारेर अध्यादेश पारित गरिनुपर्ने अवस्था सिर्जना गर्न लागिएको बताए ।
‘यसमा खेल्ने, छलफल गर्ने ठाउँ छैन भन्ने देखिन्छ’, उनले भने, ‘दुई तिहाइ छ जेजे मन लाग्यो त्यही गरे भइगयो त । कालोलाई सेतो भन्नुस् । जे मनलाग्यो त्यही गर्न दुई तिहाइ हो ?’
नेता पाण्डेले दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्दै अध्यादेशले निरंकुश शासनको झल्को दिएको बताए । उनले आर्थिक सूचक सकारात्मक नभएको भन्दै युवाहरू दैनिक विदेश जाने क्रम नरोकिएको र गाउँ खालि भएको बताए । उनले सरकार विरोधीलाई दमन गर्न सरकार लागेको भन्दै सहकारी समस्या जस्ताको तस्तै रहेको बताए । उनले संविधान संशोधन गर्ने भनेर दुई दलबिच गठबन्धन भएपनि अहिले त्यो विषय कहाँ हरायो भन्दै प्रश्न गरे ।
उनले बुढिगण्डकी आयोजनामा केही समयभित्र सुरु नभए धादिङ र गोरखाका जनताले राजमार्ग छेक्नुपर्ने अवस्था आउने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण