हात्तीपाइलेका कारणले ४७ हजार जना बढीमा हाइड्रोसिल
काठमाडौँ । नेपालमा हात्ती पाइलेका कारण ४७ हजार बढी जनामा हाइड्रोसिल देखिएको छ । ५८ जिल्लाबाट हात्ती पाइलेको रुंग्णता सम्बन्धी तथ्याङ्क संकलन गरिएको थियो । सो तथ्यांकअनुसार हालसम्म हात्तीपाइलेका कारण ४७ हजार ८८६ जनामा हाइड्रोसिल तथा गोडामा सूजन (शारीरिक समस्या) देखिएको हो ।
इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका अनुसार हात्तीपाइले रोग सार्ने मुख्य माध्यम भनेको लामखुट्टेबाट हो । लामखुट्टेले टोक्दा परजीवी शरीरमा सरेमा कतिपय व्यक्तिलाई लक्षण देखिँदैन । शरीरमा हात्ती पाइलेको परजीवी मसिनो जुका प्रवेश गर्यो भने रगतको माध्यमले लिम्फ नलीमा गएर बस्छ । त्यसपछि त्यो परजीवी वयस्कमा परिणत हुनका लागि १ वर्ष लाग्छ ।
परजीवी वृद्धि विकास भएपछि बल्ल त्यस रोगको असर देखिन सुरु हुन्छ । लिम्फ नलीमा जति समयसम्ममा परजीवी बस्छ, त्यति नै लिम्फ नली नस्ट हुँदै जान्छ । यसरी परजीवी शरीर प्रवेश गर्दा थाहा नहुन पनि सक्छ । कसैमा हात्तीपाइले रोगको परजीवी शरीरमा प्रवेश गर्यो भने हात, खुट्टाका नलीमा इनफ्लेमेसन गराउँदा रातो हुने, दुख्ने, ज्वरो आउने, हात खुट्टा छाम्दा तातो हुने जस्ता लक्षणहरू देखापर्ने हुन्छ ।
महाशाखाले हात्तीपाइले विरुद्धको औषधी निःशुल्क प्रदान गरेको उल्लेख गरिएको बताएको छ । हाइड्रोसिल बिरामीहरूका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको समेत महाशाखाले जनाएको छ । देशभरका ७७ जिल्लामध्ये ४९ जिल्लामा हात्तीपाइले बिरामीहरूको लागि केन्द्र स्थापना गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण