भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
काठमाडौँ । भारतमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार बिहार राज्यको सहर मुज्फरपुरमा भएको उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
धनुषासँगको सीमा नजिकै पर्ने स्थानमा भएको दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो । दुर्घटना शनिबार नै भएको र मृतकहरु कुम्भ मेलामा गएर फर्किँदै गरेकाहरु भएको एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।
उनका अनुसार अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा र इन्दु देवीको मृत्यु भएको छ । अर्का चालक नेपाली नै भएपनि नाम खुलेको छैन । दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन् ।
बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मृतक र घाइतेहरु महोत्तरीको हर्दिया र धनुषाको जनकपुरका भएको धनुषा प्रहरीको भनाइ छ । प्रहरीले तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण