फिलाडेल्फिया विमान दुर्घटनामा आमा र बच्चासहित सातको मृत्यु
आइतबार, २० माघ २०८१, १० : ४०
वासिङटन डीसी । फिलाडेल्फियामा मेडिकल जेट दुघर्टनामा मर्नेको संख्या सात पुगेको छ । शुक्रबार साँझ भएको सो दुर्घनामा विमानभित्र सवार ६ जनाको मृत्यु भएको थियो ।
यस घटनामा जमिनमा भएका एक जना पनि मरेको शहरका मेयर चेरेल पार्करले पुष्टि गरेका छन् । बिरामी बालिका बोकेको उक्त विमान मेक्सिकोको तिजुआनामा जाँदै थियो ।
फिलाडेल्फियाको एउटा बाल अस्पतालमा उपचार पूरा भएपछि बालिकालाई घर लगिँदै थियो । विमानमा बालिकाकी आमा, दुई जना पाइलट, एक जना डाक्टर र पेरामिडक पनि थिए ।
यिनीहरू सबै मेक्सिकन नागरिक भएको बताइएको छ । लियजेट ५५ उडेको एक मिनेटमै भुईँमा खसेर विष्फोट भएको थियो । यस घटनामा १९ जना अरु घाइते भएको मेयरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण