फिलाडेल्फिया विमान दुर्घटनामा आमा र बच्चासहित सातको मृत्यु
आइतबार, २० माघ २०८१, १० : ४०

वासिङटन डीसी । फिलाडेल्फियामा मेडिकल जेट दुघर्टनामा मर्नेको संख्या सात पुगेको छ । शुक्रबार साँझ भएको सो दुर्घनामा विमानभित्र सवार ६ जनाको मृत्यु भएको थियो ।
यस घटनामा जमिनमा भएका एक जना पनि मरेको शहरका मेयर चेरेल पार्करले पुष्टि गरेका छन् । बिरामी बालिका बोकेको उक्त विमान मेक्सिकोको तिजुआनामा जाँदै थियो ।
फिलाडेल्फियाको एउटा बाल अस्पतालमा उपचार पूरा भएपछि बालिकालाई घर लगिँदै थियो । विमानमा बालिकाकी आमा, दुई जना पाइलट, एक जना डाक्टर र पेरामिडक पनि थिए ।
यिनीहरू सबै मेक्सिकन नागरिक भएको बताइएको छ । लियजेट ५५ उडेको एक मिनेटमै भुईँमा खसेर विष्फोट भएको थियो । यस घटनामा १९ जना अरु घाइते भएको मेयरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते