अरुणिमाको पनि पतिसँग बिग्रिएको हो सम्बन्ध ?
काठमाडौँ । पछिल्लो समय एकपछि अर्को सेलिब्रेटी वैवाहिक जीवन धरापका रहेको चर्चा चल्न थालेको छ । गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पति बिष्णु सापकोटासँग डिबोर्स मागेको प्रसङ्ग सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ ।
गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमानसँग सम्बन्ध राम्रो नभएको संकेत गरेकी छन् । पछिल्लो समय अमेरिका बस्दै आएकी उनले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो ।
अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर÷भिडियोहरु अहिले देखिँदैनन् । इन्स्टाग्राममा पनि दुबैले एक अर्काेलाई फलो गरेको देखिन्न् । विवाह गरेलगतै एक टेलिभिजन शोमा अन्तरवार्ता दिँदै युवराजले आफु अमेरिका नै गएर पत्नीसँगै बस्ने बताएका थिए । तर, अहिलेसम्म उनी नेपालमै छन् ।
अरुणिमाले पहिलो विवाह टुटेपछि युवराजको विवाह गरेकी थिइन् । अरुणिमा नेपाल घुम्न आएका बेला आफन्त मार्फत भेट हुँदा एक अर्काेलाई मन पराएका थिए । विवाह गरेको केही दिनमै अरुणिमा अमेरिका उडेकी थिइन् ।
यता युवराजको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण