जसपा बैठकमा बिषयगत छलफल
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा आज पनि बिषयगत छलफल भइरहेको छ ।
बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रीत भएर छलफल भईरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा हुँदैछ ।
‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिनादेखि जारी अभियानको समीक्षा मुख्य एजेन्डा रहेको सचिवालयले जनाएको छ । दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियान सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए ।
बाँकी रहेका सदस्यले बैठकको दोस्रो दिन आ–आफ्नो जिम्मेबारी र तोकिएको कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दैछन् । यसअघि उक्त अभियानको समयावधि दुई महिना थप गरी माघ मसान्तसम्मलाई थप गरिएको थियो ।
मधेस केन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको नो केबलकार आन्दोलन लगायत माथिको छलफल बैठकको मुख्य एजेन्डा रहेको छ ।
वर्तमान अवस्थामा पार्टी संठन निर्माणलाई तीव्रता दिन कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बैठकमा कार्यकारिणी सदस्यहरुले धारणा राखिरहेका छन् । दुई दिनदेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण