न्याय परिषद्को सदस्यका लागि सिफारिस भएका खड्काले पेस गरे कार्ययोजना
आइतबार, २० माघ २०८१, १६ : ५०
काठमाडौँ । संसदीय सुनुवाई समितिमा न्याय परिषद्को सदस्यका लागि सिफारिस भएका दामोदर खड्काले आफ्नो कार्य योजना पेस गरेका छन् । सुनुवाइका लागि उनले आफ्नो कार्य योजना पेस गरेका हुन् ।
उनी नेपाल बार एसोसिएसनका तर्फबाट परिषद्को सदस्यका लागि सिफारिस भएका थिए । परिषद्को सदस्य सर्वोच्च अदालतको न्यायाधीश सरह हुने भएकाले संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्था अनुसार सुनुवाइ समितिले उजुरी आव्हान गर्दै उनको सुनुवाई गरिरहेका छ । उनी विरुद्ध कुनै पनि उजुरी परेको छैन । परिषद् हाल एक सदस्य खाली रहेको छ।
सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनलाई नियुक्ति दिने छन् । वरिष्ठ अधिवक्ता रहेका खड्काको नाम बारले माघ पहिलो साता सिफारिस गरेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण