सुनुवाइ समिति बैठक
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
आइतबार, २० माघ २०८१, १७ : ३१
काठमाडौँ । न्यायपरिषद्को सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।
आइतबारको बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइ आएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यको कार्ययोजनामा समितिले आफ्ना अवधारणा सुनेर सदस्यहरूले जिज्ञासा राख्नुभयो । त्यसमा पनि प्रस्ट भइसकेपछि समितिले अनुमोदन गर्ने निर्णय गरेको हो,’ सभापति न्यौपानेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण