केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
आइतबार, २० माघ २०८१, २० : ५०
काठमाडौँ । राप्रपा नेपालले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणको कार्यलाई तत्कालका लागि स्थगन गरी सम्बद्ध पक्षसँग वार्ता गरेर निकास दिन सरकारसँग माग गरेको छ । आइतबार राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले गरेको अनिश्चितकालीन यातायात बन्दले उक्त क्षेत्रको जनजीवन प्रभावित भएकाले निकास दिन माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘साक्षात देवी पाथीभरा माताको क्षेत्रमा केबलकार होइन, सुविधायुक्त पैदलमार्ग, खानेपानी, बिजुली, विश्रामस्थल, शौचालयको विकास र विस्तार गर्नुपर्दछ । त्यस क्षेत्रको काफ्लेपाटीभन्दा माथि माथिल्लो फेदीसम्म मोटरबाटो निर्माण गरिनु उपयुक्त हुन्छ ।’
पवित्र तीर्थस्थल क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दुर्भाग्यपूर्ण अवस्था रहेको राप्रपा नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण