चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने
पोखरा । कोटिहोमका लागि भन्दै पोखराका विभिन्न ठाउँमा चौतारा र सयौँ वर्ष पूराना रुखहरु काटेर जम्मा गरिएको दाउरा पोखरा महानगरपालिकाले जफत गर्ने भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकमा रुख काटिएको विषय आएपछि सबै दाउरा जफत गर्ने निर्णय भएको महानगरले जनाएको छ । पोखरा ६, १३, १४ लगायत वडाबाट निकै पूराना रुख र चौताराहरु ढालेर मानव सेवा फाउण्डेसनले दाउरा जम्मा पारेको छ ।
नेपाल ट्रष्टको जग्गामा थुपारिएको दाउरा जफत गर्ने निर्णय कार्यपालिकाबाट गरिएको प्रवक्ता मोति तिम्सिनाले जानकारी दिए । ‘पहिला कहाँ कति रुख काटेको छ भनेर तथ्यांक लिने भनिएको छ । ति रुखहरु को–कसले कति काटेको हो खोजी सुरु भैसकेको छ,’ उनले भने, ‘काट्नेलाई पनि कारबाही हुन्छ । वन कार्यालयबाट पनि प्रक्रिया अघि बढेको छ । विना अनुमति रुख काटेकोमा कारबाही गर्ने भनेर कार्यपालिकामा छलफल गरेर निष्कर्ष निकालिएको छ ।’
यसअघि महानगरपालिकाले रुख काट्ने काम तत्काल रोक्न शनिबार सार्वजनिक सूचना निकालेको थियो । ती रुखहरु वडा र टोल विकास संस्थाको अनुमति लिएर काटेको फाउण्डेसनको दावी छ ।
फाउण्डेसनले बैशाखमा फेवाताल किनारमा कोटिहोम गर्ने तयारी गरिरहेको मिडिया संयोजक लेखराज ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण