चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने

पोखरा । कोटिहोमका लागि भन्दै पोखराका विभिन्न ठाउँमा चौतारा र सयौँ वर्ष पूराना रुखहरु काटेर जम्मा गरिएको दाउरा पोखरा महानगरपालिकाले जफत गर्ने भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकमा रुख काटिएको विषय आएपछि सबै दाउरा जफत गर्ने निर्णय भएको महानगरले जनाएको छ । पोखरा ६, १३, १४ लगायत वडाबाट निकै पूराना रुख र चौताराहरु ढालेर मानव सेवा फाउण्डेसनले दाउरा जम्मा पारेको छ ।
नेपाल ट्रष्टको जग्गामा थुपारिएको दाउरा जफत गर्ने निर्णय कार्यपालिकाबाट गरिएको प्रवक्ता मोति तिम्सिनाले जानकारी दिए । ‘पहिला कहाँ कति रुख काटेको छ भनेर तथ्यांक लिने भनिएको छ । ति रुखहरु को–कसले कति काटेको हो खोजी सुरु भैसकेको छ,’ उनले भने, ‘काट्नेलाई पनि कारबाही हुन्छ । वन कार्यालयबाट पनि प्रक्रिया अघि बढेको छ । विना अनुमति रुख काटेकोमा कारबाही गर्ने भनेर कार्यपालिकामा छलफल गरेर निष्कर्ष निकालिएको छ ।’
यसअघि महानगरपालिकाले रुख काट्ने काम तत्काल रोक्न शनिबार सार्वजनिक सूचना निकालेको थियो । ती रुखहरु वडा र टोल विकास संस्थाको अनुमति लिएर काटेको फाउण्डेसनको दावी छ ।
फाउण्डेसनले बैशाखमा फेवाताल किनारमा कोटिहोम गर्ने तयारी गरिरहेको मिडिया संयोजक लेखराज ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)
-
भारतीय ऊर्जामन्त्री खट्टर नेपालमा (तस्बिरहरू)
-
शिक्षामन्त्री बन्न लागेको चर्चाप्रति के भन्छिन् अन्जान शाक्य ?
-
दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला
-
विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा (तस्बिरहरु)