संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता हावी छ : शर्मा
सोमबार, २१ माघ २०८१, १६ : ०२

सुर्खेत । कर्णालीको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता हावी भएको बताएका छन् । यस्तो खालको मानसिकताले संघीयता कार्यान्वयनमा जटिलता पैदा गरेको उनको भनाइ छ ।
‘त्यसका विरुद्धमा प्रदेश तहबाट लिनुपर्ने हाम्रा पहलकदमीहरु जसरी हुनुपर्थ्याे त्यो हुन सकेका छैनन्,’ सोमबार प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘त्यस कारण हामी जटिलतामा छौँ ।’
प्रदेश सरकारको कामै छैन भनेर एकथरी तत्त्व लागिरहेको बताउँदै शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । साथै प्रदेशसभाले जनतासँगको सहकार्यलाई व्यवस्थित गर्न नसकेको टिप्पणी उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएको मुख्यमन्त्रीको दाबी
-
यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा
-
मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू
-
ग्रहणले लुकाएको सूर्य र सियोको डोब
-
हाम्रो कारणले ओलीको अध्यादेश थन्कियो : माधव नेपाल
-
सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्यायो : खनाल