यी हुन् विश्वका १० शक्तिशाली देशहरू
वासिङटन डीसी । विश्व जगतमा शक्तिको अनुहार फरक–फरक छ । राजनीतिक प्रभाव, आर्थिक सम्पन्नता र सैन्य ताकत हरेक देशहरूमा फरक–फरक श्रेणीमा आउँछन् ।
हरेक देशको ताकत यी तीन कुरा बाहेक अन्तर्राष्ट्रिय साँठगाँठमा पनि भेटिन्छ । यस वर्षका लागि विश्वका १९५ देशहरूमध्ये सबैभन्दा शक्तिशाली १० देशको सूचि यूएस न्यूजले निकालेको छ । सूचिमा उक्त देशको शीर्ष नेता, आर्थिक प्रभाव, राजनीतिक छाप, अन्तर्राष्ट्रिय साँठगाँठ र बलियो सेना आदिलाई हरेर तयार पारिएको छ ।
३०३ खर्ब ४० अर्ब डलरको जीडीपी भएको अमेरिकालाई विश्वको सबैभन्दा शक्तिशाली देशको सूचिमा पहिलो स्थान दिइएको छ । दोस्रो स्थानमा चीन रहेको छ । चीनको जीडीपी १९५ खर्ब ३० अर्ब डलर रहेको छ । २२ खर्ब डलर जीडीपी भएको रुसलाई तेस्रो स्थानमा राखिएको छ ।
सूचिमा बेलायत चौथो स्थानमा छ । बेलायतको जीडीपीको आकार ३७ खर्ब ३० अर्ब डलर छ । पाँचौँ शक्तिशाली देश जर्मनी हो । त्यस्तै, दक्षिण कोरिया, फ्रान्स, जापान, साउदी अरब र इजरायल क्रमशः सूचिको छैटौँदेखि १० औँ स्थानमा छन् । शीर्ष १० भित्र ६ वटा देश एसियाली छन् । यूरोपका तीन छन् भने उत्तर अमेरिकाको एक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण