कानुन विपरीत चलाए कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ । कतिपय संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो ।
मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न सचेत गराएको हो । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले एक सूचना जारी गर्दै निर्देशिका विपरीत सञ्चालन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
निर्देशिकाले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गरिने समेत मन्त्रालयले चेतावनी दिएको छ । २०७५ साल १४ गतेभन्दा अगाडि स्थापना भएका कन्सल्टेन्सीहरूको यो वर्ष नवीकरण गरिएको थियो ।
नवीकरण गरेका कतिपय संस्थाहरूले अनुमति नपाएको क्षेत्रमा समेत शाखा कार्यालय खोल्ने, अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गर्ने जस्ता कार्य गरिरहेको गुनासो मन्त्रालयमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण