नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने
मङ्गलबार, २२ माघ २०८१, १२ : ११
काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो चौथो खेलमा आज नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ।
पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । आजको खेलमा पराजित भएमा शृङ्खला जित्ने सम्भावना सकिनेछ ।
यसअघि भएका तीन खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्याण्ड शृङ्खला जित्ने बलियो अवस्थामा पुग्नेछ ।
नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण