६ रनले जितबाट चुक्यो नेपाल, लगातार चौथो हार
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि १ सय ७ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुविना क्षेत्री सर्वाधिक २६ रनको योगदान दिइन् । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै, कविता जोशीले २० बलमा २४ रन जोडिन् । उनले पनि ३ चौका र १ छक्का हिर्काइन् ।
रोमा थापा १९ रन बनाउँदै नटआउट रहिन् भने पूजा महतोले १८ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थिपाट्चा पुथावोङले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिइन् । फानिता मायाले २ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिरुआङले सर्वाधिक २७ रनको योगदान दिइन् । २८ बलमा उनले १ चौका हिर्काइन् ।
थिपाट्चा पुथावोङले २५ रन बनाउँदै उनलाई राम्रो साथ दिइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । दुवैले अर्धशतकीय साझेदारी गरे ।
विकेटकिपर नानापाट कोंचारोन्काईले २३ बलको सामना गरेर १९ रन बनाइन् । उनले यसक्रममा २ चौका प्रहार गरिन् । ओपनर अफिसारा सुवानचोंराथीले १९ बलमा १७ रन तथा नाटाया बुचाथामले १० रनको योगदान दिइन् ।
नेपालका लागि मनिषा उपाध्यायले शानदार बलिङ प्रदर्शन गरिन् । उनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १८ रन खर्चेर ३ विकेट लिइन् । उनले एउटा रनआउट समेत गरिन् ।
पूजा महतो र रचना चौधरीले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण