रामचरणको 'गेम चेन्जर' ओटीटीमा आउँदै

भारत । दक्षिण भारतीय सफल अभिनेता रामचरणको ‘गेम चेन्जर’ अब ओटीटीमा प्रदर्शनमा आउने भएको छ ।
२०२५ जनवरी १० मा हलमा आएपछि यो फिल्मले अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ जस्तै बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर फिल्मले मात्र २ सय करोड भारुको व्यापार गर्न सकेको छ ।
फ्यानहरूको अपेक्षालाई पूर्ण रूपमा ध्वस्त पारेको यो फिल्म पाँच भाषा (तमिल, तेलगु, मलयालम, कन्नड र हिन्दी) मा रिलिज गरिएको थियो ।
तर अब थिएटरहरूपछि फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा यसका निर्माताहरू लागिपरेका छन् । प्राइम भिडियोले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा यसबारे जानकारी दिएको हो। उसले यस फिल्मको पोस्टर सेयर गर्दै २०२५ को फेब्रुअरी ७ मा फिल्म आउने उल्लेख गरको छ।
तर कुन कुन भाषामा आउन लागेको खुलाएको छैन। जसका कारण धेरै फ्यानहरूले उक्त पोस्टमा प्रश्न पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको पक्षमा मधेसी दलहरू : भने– स्वच्छ छवि भएकालाई जबर्जस्ती आरोप लगाइयो
-
‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको ठुम्का
-
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी
-
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
-
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद