रामचरणको 'गेम चेन्जर' ओटीटीमा आउँदै
भारत । दक्षिण भारतीय सफल अभिनेता रामचरणको ‘गेम चेन्जर’ अब ओटीटीमा प्रदर्शनमा आउने भएको छ ।
२०२५ जनवरी १० मा हलमा आएपछि यो फिल्मले अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ जस्तै बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर फिल्मले मात्र २ सय करोड भारुको व्यापार गर्न सकेको छ ।
फ्यानहरूको अपेक्षालाई पूर्ण रूपमा ध्वस्त पारेको यो फिल्म पाँच भाषा (तमिल, तेलगु, मलयालम, कन्नड र हिन्दी) मा रिलिज गरिएको थियो ।
तर अब थिएटरहरूपछि फिल्म ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा यसका निर्माताहरू लागिपरेका छन् । प्राइम भिडियोले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा यसबारे जानकारी दिएको हो। उसले यस फिल्मको पोस्टर सेयर गर्दै २०२५ को फेब्रुअरी ७ मा फिल्म आउने उल्लेख गरको छ।
तर कुन कुन भाषामा आउन लागेको खुलाएको छैन। जसका कारण धेरै फ्यानहरूले उक्त पोस्टमा प्रश्न पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण