लुम्बिनी प्रदेश सभा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक दफावार छलफलका लागि पठाइयो
बुटवल । लुम्बिनी प्रदेश सभा बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको छ ।
आज मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव स्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले बैठकमा जानकारी गराए । आजको प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा सम्बोधन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा प्रदेश सभा सदस्य बादशाह कुर्मीले किसानलाई सिँचाइको सुविधा पुर्याउनुपर्ने माग राखे । उखु खेतीलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम बनाउनुपर्ने बताए ।
प्रदेश सभा सदस्य चन्द्र केश गुप्ताले विद्यालयभित्र बालबालिकाहरू असुरक्षित हुने अवस्था रहेको भन्दै सुधार कोलागि सरकारको ध्यानाकर्षण गराए ।
प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने बताए । शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार भएकाले समान रूपमा सबैले पाउने वातावरण सुनिश्चित हुनुपर्ने धारणा राखे ।
प्रदेश सभा सदस्य मालती सोडारीले बाढी पीडितहरूले अझैँ राहत पाउन नसकेको भन्दै सुरक्षित आवास कार्यक्रम पनि अधुरो रहेको बताउँदा प्रदेश सभा सदस्य राजु श्रेष्ठले गत वर्षको दायित्व भुक्तानीको लागि सरकारले ध्यान दिनुपर्ने बताए ।
प्रदेश सभा सदस्य धर्मबहादुर चौधरीले बर्दियाको राजापुर क्षेत्र ऐतिहासिक भएकाले त्यस ठाउँको विकासकालागि बृहत्तर योजना आवश्यक रहेको बताए । अर्को बैठक बुधवार दिउँसो एक बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण