दुई थान भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली पक्राउ
मङ्गलबार, २२ माघ २०८१, २० : ४१

धनगढी । सुदूरपश्चिम प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट मंगलबार भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् ।
भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।
उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री
-
कच्चा पदार्थको भन्सार छुट गर्न जुत्ता चप्पल व्यवसायीको सरकारसँग माग
-
अबको चुनावमा एमाले पहिलो दल बन्ने मन्त्री दाहालको दाबी
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएको मुख्यमन्त्रीको दाबी
-
यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा
-
मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू