अमेरिकामा ग्रोसरीबाट चोरियो एक लाख अन्डा
वासिङ्टन डीसी । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा चोरहरूले १ लाख वटाभन्दा धेरै अन्डा चोरेका छन् । एउटै ग्रोसरीबाट चोरी भएका यी अन्डाको मूल्य ४० हजार डलर बराबर भएको बताइएको छ । प्रहरीका अनुसार फेब्रुअरी १ मा ग्रिनक्यासलमा पिट एन्ड गेरिज अर्गानिक्सको लरीबाट ती अन्डा चोरिएका हुन् । बर्ड फ्लुको महामारीका कारण अमेरिकामा अन्डाको भाउ आकाशिरहेकै समयमा यो चोरी भएको हो ।
गएको वर्ष अन्डाको भाउ ६५ प्रतिशतभन्दा धेरैले बढेको अमेरिका सरकारको डेटाले देखाएको छ । २०२५ मा अन्डाको भाउ अरु २० प्रतिशत बढ्ने कृषि मन्त्रालयको अनुमान छ ।
शुक्रबार वेफल हाउसले अन्डाको भाउ प्रतिगोटा ५० सेन्ट बढाएको थियो । अमेरिकामा २०२२ मा बर्डफ्लुको महामारी सुरु भएको थियो । हालैका महिनामा अमेरिकाभर यसको महामारी फैलिएको कृषि मन्त्रालयले भनेको छ ।
डिसेम्बरमा मात्रै अन्डाको भाउ ८ प्रतिशतभन्दा धेरैले बढेको थियो । मन्त्रालयको तथ्यांकअनुसार २०२३ को डिसेम्बरमा एक कार्टन अन्डाको औसत मूल्य २ डलर ५१ सेन्ट थियो । गएको वर्षको अन्त्यमा यो बढेर कार्टनकै ४ डलर १५ सेन्टमा पुगेको थियो । अमेरिकामा चराचुरुङ्गी, वस्तुभाउ र स्तनधारी जन्तुमा समेत बर्डफ्लु भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण