काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौँमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । बुधवार उनीहरूले प्रदर्शनका क्रममा करिब एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।
_OFvJ5oI7dL.jpg)
सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेका थिए ।
_nfJGLsFMQB.jpg)
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच सहमति भएको थियो, जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
_oxbUsy1MVC.jpg)
काठमाडौँको आन्दोलनमा पनि सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी दिएको छ । स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाहा १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने मोही किसानको माग छ ।
_F18ElhFE5y.jpg)
_tdqTTqR1ZN.jpg)
_yngDLRP68F.jpg)
_zX6klGjLlL.jpg)
_QQGxGJHb3C.jpg)
_pX9FWz0DcS.jpg)
_O0qwR4O2vi.jpg)
_8xTEYjVE5S.jpg)
प्रतिक्रिया