स्ववियु निर्वाचनबारे त्रिविले गर्यो विद्यार्थी संगठनहरूसँग छलफल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनबारे विद्यार्थी संगठनहरूसँग छलफल गरेको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनहरूसँग छलफल गरेको हो ।
छलफलका क्रममा विद्यार्थी नेताहरूले फागुन १५ गतेका लागि तोकिएको निर्वाचन मिति किन सारेको भन्दै प्रश्न गरेका थिए । त्रिविले आफ्नो शैक्षिक क्यालेण्डरमा फागुन १५ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका बनाएको थियो । तर, पछि चैत ५ गतेका लागि तय भएको थियो ।
मिति सारिएको विषयमा माफी माग्दै उपकुलपति प्राडा केशरजंग बरालले फागुन १५ गते गर्दा यसअघिको स्ववियुको दुई वर्ष पूरा नहुने देखिएको बताएका थिए ।
‘हामीले शैक्षिक क्यालेण्डर बनाउँदा त्यति ख्याल गरेनछौँ । फागुन १५ गते चुनाव गर्दा यसअघिको समितिको दुई वर्ष पुग्दैन,’ बरालले भने, ‘फेरि दुई वर्ष नपुग्दै चुनाव गरायो भने कानुनी प्रश्न उठ्ने देखियो । त्यसैले चैत ५ गतेका लागि तोकेका हौँ ।’
बैठकमा सहभागी अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले सबै संगठनबाट निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।
स्ववियु निर्वाचन सबै विद्यार्थीको साझा संकल्प भएको आफूहरूले बताएको उनको भनाइ छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको तयारीका विषयमा विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण