गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा अधिग्रहरण गर्ने योजनाको थुप्रैले आलोचना गरेका छन् । ट्रम्पले यो योजना हर कुनैलाई मन परेको जिकिर गरे पनि सहयोगी राष्ट्रहरुले यो विचारलाई रिजेक्ट गरिदिएका छन् । बेलायतले प्यालेस्टाइनीहरुलाई आफ्नो मातृभूमिका राखिनु पर्ने बताएको छ ।
इजिप्टले गाजामा प्यालेस्टाइनीहरुलाई नै पुर्नवास गरिनु पर्ने राय दिएको छ भने साउदी अरेबियाले प्यालेस्टाइनीरुलाई विस्थापित गर्ने कुनै पनि प्रयासलाई स्वीकार नगर्ने बताएको छ ।
ट्रम्पले गाजालाई दीर्घकालीन रुपमा अमेरिकी स्वामित्व दिने प्रस्ताव हर कुनैले मन पराएको भनी सार्वजनिक रुपमै बोलेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका भ्रमणका दौरान ह्वाइट हाउसमा भएको संयुक्त प्रेस मिटमै उनले गाजालाई अधिग्रहरण गर्ने र त्यहाँका प्यालेस्टाइनीहरुलाई बाहिर निकाल्ने योजना सुनाएका थिए ।
विदेशमन्त्री मार्को रुबियोले समेत ट्रम्पको गाजा क्लिन अफरलाई शत्रुतापूर्ण कदमका रुपमा हेर्न नहुने बताएका छन् । गाजाका नागरिकले त्यो भूमि अर्थात् जमिन आफ्नो बताइँरहँदा प्यालेस्टाइनी प्राधिकरणले प्यालेस्टाइनीहरुको पुर्नवास नहुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण