पार्क गरेर राखिएको विमानलाई अर्को विमानले ठक्कर दिएपछि...

वासिंगटन डीसी । अमेरिकामा अघिल्लो हप्ता बुधबार भयानक विमान दुघर्टना भएको थियो । यो हप्ता बुधबार बिहान पनि सियाटल विमानस्थलमा एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
बुधबार बिहान यहाँ उडान भर्न थालेको जापान एयरलाइन्सको विमान पार्किङ गरेर राखिएको डेल्टा एयरलाइन्सको विमानको पछाडिको भागमा ठोक्किएको छ । विमानस्थलका अधिकारीहरूले यसबारे जानकारी दिएका हुन् ।
घटना बिहान १०ः १७ बजेतिर भएको अधिकारीहरूले बताएका छन् । यद्यपि, घटनामा दुवै विमानका यात्रुहरू सकुशल रहेको विमानस्थलका अधिकारीहरूले आ–आफ्नो आधिकारिक एक्स ह्यान्डलमा बताएका छन् ।
दुर्घटनापछि, जापान एयरलाइन्सको उडान ६८ र डेल्टा एयर लाइन्सको उडान १९२१ का सबै यात्रुहरूलाई कुनै चोटपटक बिना नै विमान बाहिर निकालिएको थियो । ट्याक्सी लेनमा घटना भएकाले विमानस्थल सञ्चालनमा न्यूनतम प्रभाव परेको अधिकारीहरूले बताए ।
घटनाको संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्ने विमानस्थलका प्रवक्ता साम लिच्टम्यानले बताएका छन् । जापान एयरलाइन्सको बोइङ ७८७ को दायाँ पखेटा डेल्टा विमानको पछाडिको भागसँग ठोक्किएको जापान एयरलाइन्सले इमेल मार्फत जारी गरेको विज्ञप्तिमा भनेको छ ।
यस घटनामा जहाजमा सवार १७२ जना यात्रु र चालक दलका १३ जना सदस्यमध्ये कोही पनि घाइते नभएको बताइएको छ । उता, डेल्टाका प्रवक्ता सामन्था मूर फ्याक्टोले घटना हुँदा बोइङ ७३७ बाहिरी भागबाट बरफ हटाउन पर्खिरहेको बताइन् ।
यति नै बेला अर्काे विमानको पखेटाको टुप्पो यसको पछाडिको भागसँग ठोक्किएको उनले बताइन् । मेक्सिकोको प्यूर्टाे भालार्टातर्फ जाँदै गरेको सो विमानमा १४२ जना यात्रु भएको उनले बताइन् ।
यस घटनामा चालक दल वा यात्रुहरूलाई कुनै चोटपटक लागेको खबर आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य