अमेरिकाले अवैध आप्रवासीलाई फिर्ता पठाएकोबारे जयशंकरले के भने ?
नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा बस्दै आएका आप्रवासीहरूलाई भारत डिपोर्ट गरिएको मामिलामा यतिबेला भारतको संदनमा हंगामा भइरहेको छ । आप्रवासीहरूलाई अपराधीको व्यवहार गरेर हात खुट्टामा हथकडी र नेल लगाएर ल्याइएको थियो ।
यस विषयमा अन्ततः भारतका विदेशमन्त्री एस जयशंकर बोलेका छन् । वैध कागजात बिना अमेरिकामा बसोबास गर्ने भारतीय आप्रवासीहरूलाई फिर्ता पठाएको विषयमा उनले आफ्नो धारणा बाहिर ल्याएका हुन् ।
‘आफ्ना देशका नागरिकहरू विदेशमा अवैध रूपमा बसिरहेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनु सबै देशहरूको जिम्मेवारी हो,’ उनले भने । ‘यो तब मात्र सम्भव हुन्छ जब उनीहरूको नागरिकता स्पष्ट रूपमा पुष्टि हुन्छ । यो कुनै विशेष नीति होइन, न त यो भारतले मात्र पालना गर्ने नीति हो । यो अन्तर्राष्ट्रिय सम्बन्धमा सामान्य रूपमा स्वीकृत सिद्धान्त हो,’ उनले थपे । देश निकालाको प्रक्रिया नयाँ नभएको, धेरै वर्षदेखि यो चल्दै आएको अनि यो एउटा देशमा मात्र लागू हुने नीति नभएको पनि उनले बताए ।
अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेको अमेरिकी सैन्य विमान बुधवार अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सञ्चार माध्यमहरूले २०५ जना बोकेर विमान भारत आउन लागेको खबर छापेका थिए । तर अमृतसरमा ओर्लिएको विमानमा बालबालिकासहित १०४ जना मात्रै थिए । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि अमेरिकामा बसोबास गर्दै आएको अवैध भारतीय आप्रवासीहरूलाई देश निकाला गरिएको यो पहिलो पटक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण