नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
क्यानबेरा । अस्ट्रेलियामा नाजी सोल्यूट गर्नेलाई अनिवार्य जेल सजाय दिने भएको छ । बिहीबार त्यहाँको संसदमा पारित भएको संशोधित कानुनहरूअनुसार घृणा फैलाउने ‘सिम्बोल’ र आतङ्क फैलाउनेलाई एक वर्षदेखि ६ वर्षसम्मको जेल सजाय दिइनेछ ।
नयाँ कानुनहरू बिहीबार पारित गरिएको छ । एकपछि अर्को गर्दै यहुदी विरोधी हाइ प्रोफाइल अभिव्यक्तिहरू आइरहँदा बिहीबार ती कानुन पारित भएका हुन् ।
यी संशोधनलाई अधिकारीहरूले ‘अमेरिकामा घृणा फैलाउने अपराधविरुद्धको अहिलेसम्मकै कडा कानुन’ भनेका छन् । तर आलोचकहरूले चाहिँ यसलाई सत्तारुढ दलले यस अघि नमानेको विपक्षीहरूको माग मानेको र अनिवार्य जेल सजायको विरोध गर्ने आफ्नै नीतिविरुद्ध गएको बताइरहेका छन् ।
संशोधित कानुनअनुसार नाजी सोल्यूट गर्नेले अब अस्ट्रेलियामा एक वर्षको जेल सजाय पाउनेछन् । त्यस्तै घृणा व्यक्त गर्ने प्रतीक देखाउनेलाई पनि एक वर्षकै सजाय दिइनेछ । आतङ्कवादलाई वित्त पोषण गर्नेले ३ वर्षको जेल सजाय पाउनेछ । आतङ्कवादी गतिविधि गर्ने वा योजना बनाउनेले ६ वर्ष जेलमा बस्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण