युवतीको अश्लील भिडियो आफन्तले पाएपछि...
बिहीबार, २४ माघ २०८१, १७ : ४५
काठमाडौँ । साइबर अपराधको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको लमही निवासी २१ वर्षीय रवि सिंह रसैली रहेका छन् ।
साइबर ब्युरोका अनुसार एक युवतीको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।
पीडित युवतीसँग सम्बन्धमा रहँदा उनले अश्लील भिडियो तथा तस्बिरहरु खिचेको र ती तस्बिरहरु पछि पीडितको आफन्तको मेसेन्जेरमा पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो ।
उजुरी परेसँगै सम्बन्धमा प्राविधिक विश्लेषण सहितको अनुसन्धान गर्ने क्रममा रसैली खुलेसँगै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण