कालिकोटमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, २५ माघ २०८१, ०९ : ००

सुर्खेत । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवा रहेको कालिकोट प्रहरीले जनाएको छ ।
उनी दुर्घटना भएको ट्रकका साहु हुन् । नरहरिनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना परेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर शाहीका अनुसार ट्रक सडकबाट साढे २ सय मिटर तल खसको छ । ट्रक चालक पनि हामफालेर बच्च सफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान