मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले
काठमाडौँ । डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन सफल भएको दाबी गरेका हुन् ।
सांसद आलेले उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्त्वहरूले अनावश्यक हल्ला फिँजाइ रहेको बताए । उनले भने,‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे । बजेट विनियोजन गराए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट विनियोजन गराएको भन्दै हल्ला फिँजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन् कि प्रदेशका मन्त्री, सांसदले ?’
यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरूले बजेट विनियोजन नगराएको स्पष्ट पार्दै आफ्नो एकल प्रयास र मिहिनेतले बजेट पार्न सफल भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण