सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
शुक्रबार, २५ माघ २०८१, १८ : ००

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को प्रक्रिया मिचेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले विधानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन् ।
प्रमुख सचेतक पाण्डेले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रस्तुत गर्दा जनतालाई झुक्क्याउने प्रयास गरेको बताए । कानुन निर्माण जस्तो गम्भीर विषयमा आफूलाई मन लागेका कुराहरू घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ । उनले सरकारले कानुन मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए ।
आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा