सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
शुक्रबार, २५ माघ २०८१, १८ : ००
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को प्रक्रिया मिचेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले विधानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन् ।
प्रमुख सचेतक पाण्डेले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रस्तुत गर्दा जनतालाई झुक्क्याउने प्रयास गरेको बताए । कानुन निर्माण जस्तो गम्भीर विषयमा आफूलाई मन लागेका कुराहरू घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ । उनले सरकारले कानुन मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए ।
आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण