भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
काठमाडौं । हमासले इजरायलले बन्दी बनाएका प्यालेस्टाइनी कैदीको सट्टा शनिबार गाजाबाट रिहा गर्ने थप बन्धकको नाम सार्वजनिक गरेको छ । उनीहरु तीनै जना पुरुष हुन् ।
जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् । एलीलाई उनका भाइसँगै किबुत्जबाट लगिएको थियो । भाइको मृत्युको पुष्टि भइसकेको छ । युद्धका दौरान एलीकी पत्नी ब्रिटेन मूलकी लियान दुई छोरी नोइया र याहेल मारिएका छन् । १९ जनवरीबाट युद्धविराम लागू भएपश्चात १८ बन्धक मुक्त भएका बताइएको छ ।
यसको बदलामा इजरायलले ३८३ प्यालेस्टाइनी कैदी रिहा गरेको छ । हमासका अनुसार शनिबार अन्य १८३ जनालाई समेत इजरायलले रिहा गर्नेछ ।
तीन साताको समयमा युद्धविरामको पहिलो चरण अन्तर्गत लगभर ३३ बन्धक तथा १९ सय कैदीलाई मुक्त गरिसक्नु पर्ने छ । इजरायलले ३३ जनामा आठ पहिल्यै मरिसकेको भनी जिकिर गरेको छ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५१ बन्धकलाई पक्डिएको थियो ।
उसले १२ सय जना मारेको थियो भने जुन विन्दुबाट युद्ध शुरु भएको थियो । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४७ हजार ५०० जना प्यालेस्टाइनी मारिएका छन् ।
राष्ट्र संघले भनेको छ, ‘इजरायली आक्रमणले गाजाको लगभग दुई तिहाई भवन संरचना ध्वस्त भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण