परिवार नियोजनको अस्थायी साधन : यसका फाइदा र असर (भिडियो)
काठमाडौँ । परिवार नियोजनका विभिन्न साधनहरू छन् । यी साधनलाई स्थायी, अस्थायी र परम्परागत गरी तीन प्रकारले वर्गीकरण गरिएको छ । अस्थायी साधनमा पाँच वटा विधि हुन्छन् । महिला र पुरुषले प्रयोग गर्ने कन्डम । खाने चक्की वा पिल्स । डिपो अथवा यसलाई तीन महिने सुई भनेर बुझिन्छ । इनप्लन्ट भन्ने छ । इनप्लन्टमा दुई वटा रड हुन्छ । जुन पाखुराको छालामा राखिन्छ । यसले परिवार नियोजनमा पाँच वर्षसम्म काम गर्छ । यस्तै, अर्को स्थायी साधन हो कपर–टी ।
स्थायी साधनहरू हर्मोन र ननहर्मोन हुन्छन् । खानेपिल्स, डिपो, इनप्लन्टलगायत स्थायी परिवार नियोजनको साधन हर्मोन भएका हुन् । यसको प्रयोगले धेरै ठुलो समस्या देखिँदैन । तर, कोही कोही मोटाउने, कोहीकोही दुब्लाउने वा कसैलाई कुनै परिवर्तन नहुने हुन्छ ।
सामान्य अवस्थामा मान्छेले पिल्स खाएर, सुई लगाएर अथवा साधन प्रयोग गरेपछि मोटायो भन्ने गर्छन् । पिल्स खाएर वा सुई लगाएर मोटाएको होइन । यस्ता साधनहरू हर्मोनल हुन्छन् । यसले शरीरमा ‘मेटाबोलिजम’ पैदा गर्दछ । ‘मेटाबोलिजम’ का कारणले खाना रुच्ने वा भोक लाग्ने हुन्छ । खाने बानीका कारण मोटाउने गर्छन् । यसले कसैले मोटाएको खुसी हुन्छन् भने, कोही मोटाएको नरुचाउने समस्या मान्छन् । कोही कोही खान नरुचाउने हुँदा दुब्लाउने गरेका पनि देखिन्छ । कसैलाई कुनै पनि परिवर्तन देखिँदैन ।
स्थायी साधनको प्रयोगले शरीरमा यस्ता केही परिवर्तन देखिनु सामान्य नै हो ।
शरीरमा मोटोपन कम गर्न भोक लागे एकै पटक खान खानु हुँदैन । थोरै थोरै गरेर पटक पटक खानुपर्छ । नियमित व्यायाम गर्नु पनि आवश्यक हुन्छ । खाना खाने तर व्यायाम नगर्ने हो भने पनि मोटोपनको समस्या देखिन्छ ।
(विष्ट परिवार नियोजन संघकी नर्सिङ इन्चार्ज हुन् )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल