प्यालेस्टिनीहरूलाई स्थानान्तरण नगरी गाजाको पुनर्निर्माणलाई सहयोग गर्न इजिप्ट तयार
एजेन्सी । प्यालेस्टिनीहरूलाई स्थानान्तरण नगरी गाजाको पुनर्निर्माणलाई सहयोग गर्न इजिप्ट तयार भएको छ । इजिप्टले गाजाको प्रारम्भिक पुनर्लाभ, भग्नावशेष हटाउने र पुनर्निर्माणको लागि निश्चित समयसीमा भित्र योजनाहरू कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय साझेदारहरू र सहयोगीहरूसँग तुरुन्तै सहकार्य गर्ने प्रतिवद्धता जनाएको हो ।
इजिप्टको विदेश मन्त्रालयको एक विज्ञप्तिअनुसार प्यालेस्टिनीहरू गाजा पट्टीमा रहनेछन् र विस्थापित हुन अस्वीकार गर्नेछन् । इजिप्टले इजरायली सरकारका धेरै सदस्यहरूले प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापित गर्ने योजना कार्यान्वयन गर्ने सम्बन्धमा हालै दिएका अभिव्यक्तिहरूको विरुद्धमा पनि चेतावनी दिएको छ ।
यस कदमलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र प्यालेस्टिनीहरूको मौलिक अधिकारको स्पष्ट उल्लङ्घनको रूपमा उसले निन्दा गरेको छ । इजरायली रक्षामन्त्रीले सेनालाई गाजाका बासिन्दाहरूलाई स्वागत गर्न इच्छुक कुनै पनि देशको लागि स्वैच्छिक प्रस्थान अनुमति दिने योजना तयार गर्न आदेश दिएका छन् । –सिन्ह्वाको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण