सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नेवा: सत्ता अभ्यासका लागि नेवा: राष्ट्रिय परिषद्को गठन गरेको छ । शुक्रवार गठन गरिएको परिषद्का लागि नेपा: मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरिएको हो ।
त्यसमा रवीन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रंजितकार, अनु सायमी, रिना प्रधान, बेबि राजभण्डारी सदस्य रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी गराए ।
नेवा : आफ्नै स्वदेशबाट विस्थापित हुँदै गरेको बताउँदै परिषद्का संयोजक सुमन सायमीले नेवा: लगायत ऐतिहासिक राष्ट्रियतामाथि इतिहासदेखि कायम रहेको औपनिवेशिकताबाट मुक्त गरेर सार्वभौमिकताको अभ्यास गर्न नेवा: राष्ट्रिय परिषद् गठन गरिएको बताए ।
नेवा: सभ्यता विश्व कै प्राचीनतम सभ्यताहरू मध्येको एक रहेको उल्लेख गर्दै उनले नेवा: सभ्यताले स्वनिगः (येँ, यलः ख्वप, भाँत, पलाँती, धौख्यः, दोलखा, तिस्तुङ, पालुङ, नक्वाः) लगायतमा शैव, बौद्ध, शाक्त, वैष्णव लगायतका सभ्यतालाई स्वदेशीकरण गर्दै समृद्ध सभ्यताको विकास गर्न सफल भएको महतोले बताए । उनले भने– ‘विभिन्न गुठीहरूको माध्यमबाट स्वशासित समृद्ध नेवा: सभ्यता पछिल्लो २७० वर्षको औपनिवेशिकताले आज समाप्तिको सङ्घारमा उभिएको छ ।’
नेपा: मण्डलका सबै जनतालाई स्वशासित गर्न विधि शास्त्र, न्याय शास्त्रको जगमा टेकी अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुन अनुसार सबै राष्ट्रियतालाई साक्षी राखि नेवा: राष्ट्रिय परिषद्ले छिट्टै नेवा: स्वशासन विधान घोषणा गर्ने उनले बताए । नेवा: लगायत स्वदेशी राष्ट्रहरू आफै ज्ञानको सागर भएकाले प्रथम राष्ट्रहरूको स्वदेशवाद वैचारिक आधार हो र यही आधारमा औपनिवेशिक एकल राष्ट्रिय राज्य नभई साझा नेपालको परिकल्पना गरिने संयोजक सायमीले बताए ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले थारु राष्ट्रिय परिषद्, मधेस राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, तामाङ राष्ट्रिय परिषद्, तमु राष्ट्रिय परिषद्, माझी राष्ट्रिय परिषद् च्योबाङ राष्ट्रिय परिषद्, शेर्पा राष्ट्रिय परिषद्, खसान राष्ट्रिय परिषद्, ब्राह्मण राष्ट्रिय परिषद्, लिम्बु राष्ट्रिय परिषद्, किराँत राष्ट्रिय परिषद्, कोचिला राष्ट्रिय परिषद्, दलित राष्ट्रिय परिषद् लगायत अन्य २५ वटा परिषद् गठन गर्ने तयारी अध्यक्ष महतोको रहेको छ ।
यी परिषद् स्वायत्त हुनेछ । जसले आफ्नो समुदाय र पहिचान अनुसार सत्ताको अभ्यास गर्ने बताइएको छ । त्यसको आफ्नै विधान, नीति र कानुन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण