समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
काठमाडौं । केन्द्रीयस्तरका सहकारी संस्थाको सम्पत्ति तथा दायित्वको विवरण यकिन गरिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट समस्याग्रस्त घोषणा भएपनि दायित्व फरफारक हुन बाँकी सहकारी संस्थाको सम्पत्ति र दायित्वको मूल्यांकन गर्न लागेको हो । यसका लागि विशेषज्ञ सेवाका लागि प्रस्ताव आह्वान गरिएको छ ।
१५ दिनको समय दिएर आह्वान गरिएको उक्त प्रस्ताव अन्तर्गत ५ जना विशेषज्ञले ३ महिनाभित्र यस्तो विवरण व्यवस्थित गरी समितिलाई दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो विवरण गोप्य हुने भएकोले समितिको कार्यालयमा, कार्यालय समयभित्र बसेर मात्रै सम्पन्न गर्नुपर्ने शर्त तोकिएको छ ।
विशेषज्ञका लागि ७ लाख ५० हजार बराबरको अधिकतम लागत निर्धारण गरिएको छ । सोही बजेटभित्र ३ महिनाको लागि पाँच जनाले विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्नेगरी प्रस्ताव माग गरिएको छ । उक्त रकम नबढ्नेगरी कम रकम बोलकबोल गर्नेले उक्त जिम्मेवारी प्राप्त गर्ने जनाइएको छ । साथै सो रकममा आवश्यक कर समेत कट्टि गरिने जनाइएको छ ।
परामर्शदाता बन्नको लागि सहकारी संस्थाको लेखापरीक्षण गरेको हुनुपर्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण