संविधान होइन नेताहरूको चरित्र संशोधन गरौँ : समीक्षा बास्कोटा
काठमाडौँ । विवेकशील नेपाली साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले संविधानभन्दा पहिला राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छिन् । आइतबार प्रज्ञा भवन कमलादीमा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले संविधानभन्दा नेताहरूको चरित्र संशोधन आवश्यक भएको बताएकी हुन् ।
‘संविधानभन्दा पहिला राजनीतिक दलहरूका चरित्रको संशोधन गर्नुपर्यो । एकचोटी आएपछि एक्जिट हुने योजना नै छैन । वर्षौँ बसेर सत्ताको मात्रै हालीमुहाली गर्नुहुन्छ । त्यो चरित्र संशोधन गरौँ । संविधान त ठाउँमा बसेर जहाँ गर्नुपर्ने हो गरौँला’, उनले भनिन् ।
राजनीतिमा स्वार्थ मात्र हाबी भइराखेको भन्दै उनले यसलाई सरल बनाउनुपर्नेमा भारी बनाएकोमा असन्तुष्टि पोखिन् । यस्तै उनले सबै नयाँ दल वैकल्पिक शक्ति हुन्छ भन्नेमा प्रश्न उठेको बताइन् । अहिले उनले प्रतिपक्षको ठुलो खाडल रहेको बताइन् । विवेकशील साझाले नागरिकको आवाज सडकबाट उठाइरहेको स्पष्ट पार्दै बास्कोटाले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन, ऊर्जा, कृषि र प्रविधिमा काम गर्नुपर्ने सुझाव दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण