प्रहरी विधेयक
प्रहरी अस्पतालको एआईजीको पदावधि २ वर्ष राख्न प्रस्ताव
आइतबार, २७ माघ २०८१, १४ : ५०
काठमाडौँ । नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि दुई वर्ष राख्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा अस्पतालको प्रमुखको रूपमा एआईजीको पदावधि २ वर्ष कायम गर्न प्रस्ताव गरिएको हो । मौजुदा ऐनमा अस्पतालको एआईजीको पदावधि ३ वर्ष छ ।
विधेयकको दफा– ५३ अनुसार विशेषज्ञता हासिल गरेका प्राविधिक तर्फका डीआईजी, एसएसपी र एसपीको हकमा पदावधि लागू नगर्ने विधेयकमा व्यवस्था छ । उनीहरू उमेर हद पुरा गरेर अनिवार्य अवकाशमा जान्छन् । प्राविधिकतर्फ प्रहरी नायव उपरीक्षक र सो भन्दा माथिको पदमा ६० वर्ष पुरा गर्नेहरू अनिवार्य अवकाशमा जान्छन् । इन्स्पेक्टर र सोभन्दा मुनिको पदमा ५८ वर्ष उमेर हद लागू गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण