ठमेलमा प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएका प्रहरी टोलीमाथि ठमेलमा आक्रमण तथा अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २४ गते ठमेलस्थित सार्वजनिक सडक खण्डमा हो–हल्ला गर्दै हिँडेका ५/६ जनाको समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेको थियो ।
घटनास्थलबाट फरार भएकाहरूको खोजी गर्दै आएको प्रहरीले काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट नजिकैबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जनाएका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–२६, लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–५ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–२६, लैनचौर बस्दै आएका रमेश फुलारा छन् । सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य हुन् ।
पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त दरबारमार्गबाट अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण