एआईजी केसीको राजीनामा गृह मन्त्रालयमा पठाइयो
आइतबार, २७ माघ २०८१, २० : ०१
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले बुझाएको राजीनामा गृह मन्त्रालयमा पठाइएको छ । सेवा अवधि बाँकी रहेकै अवस्थामा एआईजी केसीले घरायसी कारण देखाउँदै दुई दिन अघि राजीनामा दिएका हुन् ।
केसीको राजीनामा आइतबार गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जनाएको छ । केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
गृह मन्त्रालयले उनको राजीनामा मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी औपचारिक रूपमा प्रहरी सेवाबाट मुक्त हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण