भन्सार घटेपछि पनि सुनको मूल्य नयाँ रेकर्ड नजिक
काठमाडौँ । भन्सार दर घटेपछि पनि नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । जुन भन्सार दर घट्नुअघिको रेकर्ड मूल्य नजिक हो ।
यसअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।
अघिल्लो आर्थिक वर्ष १० प्रतिशत नै रहेको सुनको भन्सार दर तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर कार्यान्वयनमा गएको थियो । त्यसपछि केही समय सुनको मूल्य १ लाख ५० हजार रुपैयाँको हाराहारीमा रहेपनि अहिले फेरि मूल्य निरन्तर बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।
महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण