नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को नयाँ नेतृत्वका लागि आजै निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
भट्टलाईले पेस गरेको प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भइरहेको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले १२ वटा समूहमा समूहगत छलफल भइरहेको र दिउँसो ३ बजे समूहबाट आएका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । त्यसपछि निर्वाचन समितिले चुनावी प्रक्रिया अगाडि बढाउने पोखरेलले जानकारी दिए ।
११ जना पदाधिकारी, ९९ केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी सबै निर्वाचन प्रक्रियाबाट चुनिने उनले बताए । नयाँ नेतृत्व छनोट गरी मङ्गलवार महाधिवेशन सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण