खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
सोमबार, २८ माघ २०८१, १४ : ३२
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन् । उनले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो बुझ्न चाहन्छु ।’
खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै उनले समेत प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण