खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
सोमबार, २८ माघ २०८१, १४ : ३२

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गरेका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले मन्त्री चौधरीको जवाफ माग गरेका हुन् । उनले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘युवा तथा खेलकुदमन्त्रीज्यूको कार्य सम्पादन अनुसूची ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानुनअनुसार ल्याएको भन्ने कुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो बुझ्न चाहन्छु ।’
खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै उनले समेत प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित