सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानुनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकूलको कानुन बनाउन उद्धत रहेको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले पारित भएर आएको कानुनबाटै सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताएकी हुन् ।
जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका कुरा सरकारले सुन्न छोडेको उनले बताइन् । उनले भनिन्, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरू सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानुनमा टेकेर हैन नियमावली हेरेर ऐन कानुन परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानुनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानुन निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रस्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट सुरु गरौँ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण