सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानुनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकूलको कानुन बनाउन उद्धत रहेको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले पारित भएर आएको कानुनबाटै सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताएकी हुन् ।
जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका कुरा सरकारले सुन्न छोडेको उनले बताइन् । उनले भनिन्, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरू सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानुनमा टेकेर हैन नियमावली हेरेर ऐन कानुन परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानुनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानुन निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रस्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट सुरु गरौँ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात