ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
काठमाडौँ । कलरिष्ट जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’को ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
२ मिनेट ५ सेकेन्डको ट्रेलरले पारिवारिक तथा एक्सनको कथा पस्किएको छ । ट्रेलर हेर्दा फिल्म सस्पेन्स तथा थ्रिलरमा रहेको अनुमान गर्न सकिन्छ । निर्देशक जुनिकले फिल्म दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।
महाशिवरात्रिको पूर्वसन्ध्या पारेर फिल्म फागुन ९ गतेबाट नेपालभर रिलिज हुँदै छ । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट् बस्नेतको एक्सन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्ममा कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण