पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
काठमाडौं । एनआईशी एशिया बैंकको साधारणसभा आह्वान भएको छ । बैंकले आगामी फागुन २२ गते काठमाडौंको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्नेगरी २७ औं साधारणसभा बोलाएको हो । उक्त साधारणसभा उक्त दिन बिहान ९ बजे बस्नेछ ।
बैंकले यसपटक पुँजी वृद्धि गर्ने प्रस्ताव समेत ल्याएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेको छ । हाल १४ अर्ब ९१ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई बैंकले अभिमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरेर १९ अर्ब ९१ करोड रुपैयाँ पुर्याउन लागेको हो ।
त्यस्तै, बैंकले अधिकृत पुँजीलाई पनि १४ अर्ब ९२ करोडबाट बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले फागुन ८ गतेदेखि फागुन २२ गतेसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने जनाएको छ । यसपटक बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण