५ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मीको मुसिकोट नगरपालिका-३ धरमपानी बस्ने ४८ वर्षीय तुल बहादुर कार्की सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाहीको हरिवन नगरपालिका-८ पुरानो बजार छठ पोखरी जाने बाटो नजिक सोही ठाउँ बस्ने ६० वर्षीय श्रिधन थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका-२ सीजी बस्ने ७९ वर्षीय नर बहादुर ठकुरी पनि घर नजिकै रहेको मनकामना सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैऊरी महोत्तरीको गौशाला नगरपालिका-८ स्थित ढल्केवर जंगलमा सोही ठाउँ बस्ने ६५ वर्षीय एक बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको भद्रपुर नगरपालिका-५ शान्तिटोल मशानघाटस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन सहनी समेत मृत अवस्थामा फेला परे प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण