डोरीलाई सर्प भनेर सन्देश दिनु गलत : रिजाल
काठमाडौँ । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले संसद् टकराबको थलो नभएर संवादको थलो भएको भन्दै जनप्रतिनिधिहरूले शिरोधार्य गर्नुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभामा बोल्दै उनले संसद्लाई तथानामको थलो नबनाउन आग्रह गरे । उनले सत्य प्राप्तिका प्रत्यक्ष प्रमाण, शब्द प्रमाण, अनुमान र मिथ्या प्रमाण हुने भन्दै केही दिनअघि शीर्ष नेताबाटै डोरीलाई सर्प भनेर भ्रम दिने काम भएको बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै उनले भने, ‘डोरीलाई सर्प भनेर सन्देश दिने कुरा गलत छ ।’ पूर्व अर्थमन्त्रीले ल्याएको बजेटको प्रशंग निकाल्दै रिजालले एक चम्चा घिउ हजार जना मानिसलाई बाँडेजस्तो भन्दै त्यस्तो भ्रम नछर्न आग्रह गरे ।
उनले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष प्रचण्डले क्यान्टोनमेन्ट र लडाकुबारे दिएको अभिव्यक्तिले भ्रष्टाचार भएको पुष्टि हुने बताए । ‘क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको थिएन भनेर कसरी पत्याउने ?’, प्रश्न गर्दै उनले संसदहरु खरिद बिक्रीका लागि चीनतिर फोन गरेको सुनिएको भन्दै अरुलाईमात्र आरोपित नगर्न माओवादीलाई आग्रह गरे ।
अध्यादेशको बचाउ गर्दै रिजालले अध्यादेश अहिलेको सरकारले मात्र नल्याएको बताए । ‘केपी ओली सरकारले ल्याएको अध्यादेशको यत्रो विरोध ?’, उनले भने, ‘केपी ओलीको विरोध काम गरेन भनेर होइन काम गर्यो भनेर भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण